एसएलसीमा कीर्तिमान राख्‍ने विद्यार्थीलाई नाइटिङ्गेलले एक लाख दिने

प्रिन्सिपल तेजुलाल चौधरी

काठमाडौं- ललितपुरको कुपनडोलमा अवस्थित नाइटिङ्गेल स्कुलले आफ्ना एसएलसी विद्यार्थीहरुका लागि पुरस्कार राशिको घोषणा गरेको छ। २०औं स्थापना तथा अभिभावक दिवसको अवसरमा स्कुलका प्रिन्सिपल तेजुलाल चौधरीले एसएलसीमा नयाँ कीर्तिमान राख्‍ने विद्यार्थीलाई एक लाख पुरस्कार दिने घोषणा गरेका हुन्। सो अवसरमा उनले २०६९ मा आफ्नो विद्यार्थीले बोर्डफस्ट ल्याए नगद ५० हजार रुपियाँ अथवा एक तोला सुन दिनेसमेत बताए।
शनिबार स्कुल प्रांगनमा आयोजित अभिभाव दिवसको उपलक्ष्यमा बोल्दै प्रिन्सिपल चौधरीले त्यहाँ कार्यरत शिक्षक/शिक्षिकालाई पनि पुरस्कार दिने बताए। उनले एसएलसीमा राम्रो अंक ल्याउने विषयका सम्बन्धित शिक्षक/शिक्षिकालाई नगद पाँच हजार रुपियाँ तथा पोखराको तीन दिने ट्रिपको ब्यवस्था मिलाउने बताए।

सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले देशमा विद्यमान राजनीतिक संकटको ब्यंग्य गर्दै नाटक प्रस्तुत गरेका थिए। सो अवसरमा मन्त्री यादवले गत वर्षको एसएलसीमा राम्रो अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेका थिए। त्यस्तै स्कुलले पहिलो भर्ना गराउने अभिभावकलाई सम्मान गरेको थियो।
शान्ति लुकाउँ कहाँ गीतमा देखाइएको प्रस्तुति हेर्नुस्:

Shanti Lukau Kaha… from Tharuwan on Vimeo.

Leave a Reply

Your email address will not be published.