सूचना मेलामा यता पनि आकर्षण, उता पनि आकर्षण

ब्रेनडिजिटको आईटी सोलुसन 

नेपालबाहेक सिंगापुर र फिलिपिन्समा पनि शाखा कार्यालय रहेको ब्रेनडिजिट कम्पनी आफू सूचना प्रविधिको संसारमा अन्तर्राष्ट्रिय स्तरको आईटी कम्पनी भएको दाबी गर्छ। कम्पनीले आफ्ना उत्पादन एएसपीएक्स कमर्स, सेजफ्रेम र लिस्टविङ्गो सफ्टवेयरको प्रचार गरिरहेको छ। उसले १५ प्रतिशत छुटका साथ वेबसाइट डिजाइनिङ, सफ्टवेर डेभलपमेन्ट तथा आकर्षक मोबाइल एप्लिकेसन उत्पादन गरिरहेको जनाएको छ। कम्पनीको आधिकारिक वेबसाइट बे्रनडिजिट डट कमबाट पनि विभिन्न सफ्टवेयर र एप्सहरू निःशुल्क डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।

एमएसआईका नवीनतम उत्पादन
एमएसआईको आधिकारिक डिस्ट्रिब्युटर रहेको ओसियन कम्प्युटर प्रालिले क्यान मेलाको अवसर पारेर एमएसआईको नवीनतम श्ठठ, ज्ठठ, द्यठछ सिरिजका मदरबोर्ड र जी र सी सिरिजका ल्यापटपहरू लन्च गरेको छ। कम्पनीले एमएसआईकै इन्टेल ज्टज्ञ सिरिजको चिपसेट मदरबोर्डको पनि प्रमोट गर्नेछ। स्टलमा कम्पनीको मुख्य आकर्षणका रूपमा सस्ता र हाई परफर्मेन्सवाला कम्युटर, अल्ट्रा बुक र ग्राफिक कार्डहरू रहेका छन्। कम्पनीले बेन्क्यू, केवर्ल्ड र केगार्ड कम्पनीका विभिन्न आइटी प्रोडक्टहरू पनि स्टलमा राखेको जनाएको छ।

मिदासको ई–क्लास
यसपटकको क्यान इन्फोटेकको मुख्य प्रायोजक मिदास कम्पनीले प्रभावकारी आधुनिक शिक्षण विधि ई–क्लास मेलामा विशेष प्रस्तुतिका रूपमा ल्याएको छ। यसअघि पनि ‘घोकेर होइन, बुझेर पढौँ’ भन्ने नाराका साथ विभिन्न खाले शैक्षिक सिडी तथा एजुकिडहरू सार्वजनिक गर्दै आएको मिदासले यो नेपालकै पहिलो प्रभावकारी शिक्षण विधि भएको दाबी गरेको छ। एक दशक लामो प्रयासपछि तयार भएको स्व–अध्ययनलाई प्रोत्साहित गर्ने मिदास ई–क्लास विश्वस्तरीय शिक्षा दिन सफल हुने कम्पनीले दाबी छ। अध्यापनलाई थप प्रभावकारी, वैज्ञानिक र सरल बनाउन ‘इम्पावरिङ टिचर्स, इन्स्पायरिङ स्टुडेन्ट्स’ भन्ने नारासहित यो क्लास सुरु गरेको कम्पनीले जनाएको छ। मिदास यस वर्षको क्यान मेलाको मुख्य प्रायोजक पनि हो।

मायाका विभिन्न कोर्स
माया एनिमेसन एकेडेमीले क्यान इन्फोटेक मेलामा एडभान्स्ड डिप्लोमा इन थ्रीडी एनिमेसन, भिजुअल र गेम मेकिङ, एडभान्स्ड ग्राफिक डिजाइनिङलगायत कोर्सबारे जानकारी दिइरहेको छ। कोर्ससँग सम्बन्धित जानकारीका साथै नेपाली एनिमेटरहरूद्वारा निर्मित फिल्महरू पनि प्रदर्शन गर्दै छ। माया एकेडेमी मेलाको सिल्भर स्पोन्सर पनि हो। उसले मेलाको अवसरमा विभिन्न कोर्समा ५० प्रतिशत छुटको समेत योजना ल्याएको छ।
मर्केन्टाइलका आईटी प्रोडक्ट
मर्केन्टाइलका कम्युनिकेसन प्रोडक्टमा निकै आकर्षण देखिएको कम्पनीले जनाएको छ। कुनै पनि क्यान मेलामा सहभागिता नछुटाएको मर्केन्टाइल कम्पनीले यसपटक पनि विभिन्न आईटी प्रोडक्ट स्टलमा प्रदर्शन गरिरहेको छ।

टेलिकमको वाई–म्याक्स
मेलाको गोल्डेन स्पोन्सर रहेको नेपाल टेलिकमले हालै सार्वजनिक गरेको तीव्र गतिको इन्टरनेट प्रविधि वाई–म्याक्सबारे क्यान इन्फोटेक मेलामा जानकारी लिनेहरूको स्टलमा भीड लागेको छ। वाई–म्याक्सको बजार प्रवर्द्धन तथा ई–भिडियोका बारेमा जानकारी गराइरहेको टेलिकमले जनाएको छ। वाई–म्याक्स उच्च गतिको ब्रोडकास्ट इन्टरनेट सेवा हो। प्रदर्शनीमा सहभागीहरूलाई मध्यनजर गरी कम्पनीले मेला स्थलमै वाई–म्याक्स सुविधाका लागि बिटिएस भ्यानको पनि व्यवस्था गरेको छ। वाई–म्याक्स ताररहित सञ्चार सुविधा हो, जसमा ३० देखि ४० मेगावाट प्रतिसेकेन्ड डाटा रेट पाउन सकिन्छ। आइम्याक्स फोरम अपडेट गरेपछि यसबाट करिब एक जीबीको डाटा रेट पाउन सकिन्छ। वाई–म्याक्सद्वारा सञ्चालित उपकरण प्रयोग गरेपछि कुनै पनि ठाउँमा कुनै पनि समयमा दु्रत गतिको इन्टरनेट सेवा पाउन सकिन्छ। बृहत् क्षेत्र ओगट्न सक्ने यो वाई–म्याक्स प्रविधिले एउटा कम्प्युटरबाट अर्कोमा रेडियो सिग्नल पठाउँछ। उच्च गतिको वाइफाईले ५४ एमबीपीएस डाटा रेट फाल्न सक्छ भने वाई–म्याक्सले ७० एमबीपीएससम्मको स्पिडमा डाटा फाल्न सक्छ।

हाइटेकको मल्टी ब्रान्डेड सफ्टवेयर 
मेलाको आकर्षण बनेका छन्, हाइटेक डिस्ट्रिब्युटर कम्पनीका मल्टी ब्रान्डेड सफ्टवेयरहरू। संघसंस्थाका हरेक खाले गतिविधिलाई सुरक्षित र भरपर्दो तुल्याउन चाहिने सबै किसिमका सफ्टवेयर स्टलमा प्रदर्शनमा राखिएको कम्पनीले जनाएको छ। एकाउन्ट, इन्भेन्ट्री, प्रोग्रामिङ, वासलात आदिका भरपर्दो व्यवस्थापनका लागि आवश्यक सफ्टवेयर उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ।

नियोटेरिकको विशेष स्किम
गोल्छा समूहको नियोटेरिक नेपालले इन्फोटेक मेलामा अपरेटिङ सिस्टम विन्डोज एट सपोर्ट गर्ने मोबाइल, डेल ब्रान्डका ल्यापटप तथा ट्याब्लेटका साथै विभिन्न आकर्षक उत्पाद प्रस्तुत गरको छ। मेलाको प्लाटिनम स्पोन्सर रहेको कम्पनीले विभिन्न नेपाली एप्लिकेसन सपोर्ट गर्ने नोकिया लुमिया मोबाइल पनि स्टलमा राखेको छ। शैक्षिक सफ्टवेयर पनि बनाउने गरेको नियोटेरिकले स्टलमा अन द स्पट विशेष स्किम दिइरहेको जनाएको छ। एचसीएल ब्रान्डका ल्यापटप विशेष छुट योजनासहित सार्वजनिक गर्ने र लजिटेकसहित अन्य ब्रान्डमा पनि छुट दिइने कम्पनीले जनाएको छ।

मेगाटेकका उत्पादन
मेगाटेक कम्पनीले ल्याएका नयाँ उत्पादनले मेलामा राम्रो बजार पाएका छन्। कम्पनीले सार्वजनिक गरेको लेनोभोको अल्ट्राबुक टचस्त्रि्कनसहित आकर्षक ट्याब्लेटमा अवलोकनकर्ताहरूको आँखा लाग्ने गरेको छ। यसमा इन्टिग्रेटेड ७२० पीएचडी वेबक्यामको पनि सुविधा छ। लेनेभो आइडिया प्याड ट्याब्लेटमा सात इन्च डिस्प्ले र एक गिगाहर्जको प्रोसेसर छ। एन्ड्रोइड ४.० सुविधासहितको यो ट्याब्लेटमा आठ घण्टा ब्याट्री ब्याकअप र ड्युअल सिमको सुविधा रहेको कम्पनीले जनाएको छ। कम्पनीले डिजिटल प्रोसेसर डिजाइनमा आधारित न्युमेरिक युपीएस पनि ल्याएको छ। एकदेखि दुई सय केभीसम्मका यी युपीएस नेपालमा लोकप्रिय हुने कम्पनीको विश्वास छ।

हुलासको सोलार ब्याट्री
गोल्छा समूहको एक्साइड ब्रान्डका ब्याट्री बिक्रेता हुलास पावरले यसपटकको क्यान इन्फोटेकमा सोलार ब्याट्री र इन्भर्टर राखेको छ। कम्पनीले विशेष छुटका साथ सोलार ब्याट्री र इन्भर्टर राखेको कर्पोरेट सेल्स म्यानेजर सन्तोष न्यौपानेले बताए। उनका अनुसार कम्पनीले नेपाली बजारमा भिœयाएका दुई भोल्ट र १२ भोल्टका सोलार ब्याट्री मेलामा राखेको छ। मेलाकै अवसरमा कम्पनीले एक्साइडका इन्भर्टर पनि बजारमा ल्याएको छ। त्यस्तै, एक्साइडकै सीएक्स क्लोराइड ब्याट्री पनि मेलामा पाइनेछ। कम्पनीले यी सामग्रीमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएको छ। न्यौपानेका अनुसार क्यानमा १२ भोल्टका सोलार ब्याट्री ग्राहकले सातदेखि ३८ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्।
एस पावरका नयाँ स्टेपलाइजर
मेलाको सिल्भर स्पोन्सर एस पावर बीपीई प्रालिले सर्भो स्टार ब्रान्डका स्टेपलाइजर र अटोमेटिक भोल्टेज रेगुलेटर ल्याएको छ। विभिन्न ब्रान्डका इन्भर्टर, ब्याट्रीलगायत बिक्री गर्दै आएको एस पावरले भारतको प्रसिद्ध सर्भोस्टार कम्पनीले उत्पादन गरेका स्टेपलाइजर र भोल्टेज रेगुलेटर मेलामा राखेको जनाएको छ। कम्पनीका प्रबन्ध निर्देशक मुरारीमोहन झाले नेपाली बजारमा आवश्यक पर्ने विभिन्न क्षमता र किसिमका उपकरण ल्याएको बताए। नेपालमा बारम्बार विद्युत भोल्टेज घटबढ भइरहने समस्याका कारण आफ्ना उपकरण एकदमै उपयोगी भएको उनको दाबी छ। यी उपकरणहरू बैंक, अस्पताल, उद्योग, एफएम र टेलिभिजन स्टेसन, कलरल्याबलगायतलाई एकदमै उपयुक्त हुने कम्पनीको दाबी छ। एस पावरले नेपाली बजारमा सोलार हाइब्रिड इन्भर्टरको समेत बिक्री गरिरहेको छ।

हत्केलामा अट्ने डेलका प्रोजेक्टर
क्यान इन्फोटेकको गोल्ड स्पोन्सरसमेत रहेको जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले नेपाली बजारमा पहिलोपटक क्यानमार्फत हत्केलामा अट्ने प्रोजेक्टर भिœयाउने भएको छ।
डेल ब्रान्डका विभिन्न सामग्री बिक्री गर्ने यो कम्पनीले अल्ट्रा मोबाइल प्रोजेक्टर क्यानमा राख्ने भएको हो। डेलले उत्पादन गरेको यो प्रोजेक्टरको लम्बाइ ४.१४ इन्च, चौडाइ ४.०९ इन्च र मोटाइ १.४३ इन्चमात्र रहेको छ। बोकेर हिँड्न सजिलो हुने यो प्रोजेक्टर उच्च क्षमतायुक्त रहेको कम्पनीले जनाएको छ। यसको तौल मात्र तीन सय ६० ग्राम रहेको छ। यसको ल्याम्प लाइट आयु २० हजार घण्टा रहेको कम्पनीले जनाएको छ।
जेनेरेसन नेक्स्टले नेपाली बजारमा यसको भाउ ५२ हजार रुपैयाँ तोकेको छ। क्यान इन्फोटेकमा भने यो मूल्यमा छुट दिइने कम्पनीका प्रमुख सेवा प्रबन्धक आँचल श्रेष्ठले बताइन्।
क्यानका अवसरमा डेल ब्रान्डका नयाँ ल्यापटपहरू पनि कम्पनीले बजारमा ल्याउँदै छ। विन्डोज–एट अपरेटिङ सिस्टमयुक्त ल्यापटप मेलामा पाइनेछ। यसैगरी जुनसुकै मोडलका डेल ल्यापटप किन्ने १२ कक्षाभन्दा माथि अध्ययन गर्ने विद्यार्थीलाई भने कम्पनीले विन्डोज–एट अपरेटिङ सिस्टम निःशुल्क उपलब्ध गराउनेछ। डेल प्रिन्टर खरिद गर्नेमध्ये लक्की ड्रमार्फत २० जनालाई नायिका निशा अधिकारीसँग डिनर डेट दिने कम्पनीले जनाएको छ।
कम्प्युटर किन्दा पेन ड्राइभ सित्तैमा
क्यान इन्फोटेकमा सहभागी ट्रेडिङ इन्टरनेसनलले विभिन्न ब्रान्डका ल्यापटप र कम्प्युटर खरिदमा छुट र उपहार दिने भएको छ। कम्पनीका निर्देशक रञ्जित पोद्दारले क्यानमा आउनेलाई सहुलियत दिन छुट र उपहार राखिएको जानकारी दिए। उनले डेल, एचपी, एमएसआईलगायत ब्रान्डका ल्यापटप र डेस्कटप कम्प्युटर क्यानमा राख्ने बताए।
केही ब्रान्डका विन्डोज–एट अपरेटिङ सिस्टमयुक्त कम्प्युटर पनि पाइनेछ। यसैगरी चिनियाँ सामग्री प्रयोग गरी कम्पनी आफैँले एसेम्बल गरेका कम्प्युटर पनि सुलभ मूल्यमा क्यान इन्फोटेकमा राखिनेछ। विभिन्न ब्रान्डका कम्प्युटर खरिद गर्दा ग्राहकले पेन ड्राइभ र हेडफोन सित्तैमा पाउने उनले जानकारी दिए।
वेबसर्भरको सस्तो इन्टरनेट सेवा
एघार वर्षदेखि इन्टरनेट सेवा सञ्चालन गर्दै आएको वेबसर्भर नेपाल कम्युनिकसेन सिस्टम प्रालिले ‘घरघरमा इन्टरनेट’ भन्ने नाराका साथ सेवा विस्तार गरिरहेको छ। राजधानीसहित मुलुकका विभिन्न ठाउँमा आफ्नो सेवा बढाइरहेको वेबसर्भरले मेलामा इन्टरनेट सर्भिस प्रोभाइडिङबारे उपभोक्तालाई जानकारी दिइरहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमनलाल प्रधानले नेपालमा द्रुत गतिको इन्टरनेट सेेवा सुरु गर्ने आफ्नो कम्पनी नै पहिलो भएको दाबी गर्दै सस्तोमा इन्टरनेट सुविधा दिने जनाए। हालसम्म ५६ जिल्लामा पुगिसकेको दाबी गर्र्दै कम्पनीले मुलुकका ८० भन्दा बढी शहरमा सेवा दिइरहेको जनाएको छ। दुई सय ५६ किलोबाइट प्रतिसेकेन्ड गतिको इन्टरनेट मासिक पाँच सय रुपैयाँमा दिइरहेको प्रधानले जनाए।

एक्सप्लोरको विशेष योजना
जेन्युन, डेल, एचपी, लेनोभो, सोनी, पाण्डालगायत विश्वस्तरीय ब्रान्डको नेपाली डिलर एक्सप्लोर एसिया प्यासिफिक प्रालिले विभिन्न आकर्षक आईटी प्रोडक्ट विशेष योजनाका साथ स्टलमा प्रदर्शन गरिरहेको छ। आईथ्री, आईफाइभ र आईसेभेन प्रोसेसरसहित नयाँ–नयाँ ल्यापटप, एन्टीभाइरसलगायत प्रोडक्ट विशेष छुट योजनाका साथ स्टलमा राखिएको कम्पनीले जनाएको छ। सबै खाले प्रोडक्टमा ३० प्रतिशत छुट पनि दिने जनाइएको छ।
सोनीका नयाँ क्यामरा
नेपा हिमा ट्रेड लिंकले सोनीका नयाँ मोडलका क्यामरा स्टलमा राखेको छ। कम्पनीले मेलामा एलसिडी टिभी, भिडियो क्यामरा, डिजिटल र डीएसएलआर क्यामराहरू राखेको छ। नेपाले सामानमा १५ प्रतिशतसम्मको छुट दिने जनाएको छ।
मामाभान्जाको नोट गन्ने मेसिन
मामाभान्जा ट्रेडर्सले मेलामा विशेष आकर्षणका रूपमा नोट काउन्टिङ मेसिन, सीसीटीभी र इलेक्ट्रोनिक एटेन्डेन्स मेसिन राखेको छ। नोट काउन्टिङ मेसिन विशेष गरी बैंकका लागि डिजाइन गरिए पनि सबै खाले अफिसमा सहज प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
सुकामका उत्पादन
सुकाम कम्पनीको आधिकारिक बिक्रेता स्टारले विश्वकै पहिलो इन्टेलिजेन्ट सोलार हाइब्रिड युपीएस मेलामा प्रदर्शन गरेको छ। साथमा विभिन्न सुकाम ब्याट्री, इन्भर्टर, ल्यापटप र प्रिन्टर पनि कम्पनीले स्टलमा राखेको छ।
सित्तैमा हेडफोन र पेनड्राइभ
जुनसुकै कम्पनीका ल्यापटप तथा डेस्कटप खरिदमा साथी ट्रेडिङ इन्टरनेसनलले हेडफोन र पेनड्राइभ सित्तैमा दिने जनाएको छ। कम्पनीले डेल, एचपी, एमएसआईलगायत ब्रान्डका ल्यापटप र डेस्कटप बिक्री गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published.