सङ्गठित अपराध नियन्त्रण अध्यादेश आउने : गच्छदार

विराटनगर- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले देशमा अपहरणका गतिविधिसम्बन्धी अपराध नियन्त्रण गर्न चाँडै अध्यादेशमार्फत् ‘सङ्गठित अपराध नियन्त्रण ऐन’ ल्याउने तयारी भएको जानकारी दिएका छन्। उनले राजनीतिक दलहरुको सहमतिपछि राष्ट्रपति समक्ष पठाएको उक्त अध्यादेश चाँडै घोषणा हुने विश्वाससमेत व्यक्त गरे। 
बुधबार रासस प्रतिनिधिसँग कुरा गर्दै गृहमन्त्री गच्छदारले नीतिगतरुपमा सुरक्षा नियमावली कानुन संशोधन भइरहेको बताउँदै राज्य देशका महत्वपूर्ण व्यक्ति, उद्योगी एवं व्यापारी तथा सर्वसाधारणको सुरक्षाप्रति चिन्तत रहेको बताए।
उनले तराईमा अपराधमा कमि आएको दाबी गर्दै हालै वीरगन्जमा अपहरणकारी पक्राउ गरी अपहरित सकुशल मुक्त गराएकोमा प्रहरीको प्रशंसासमेत गरे। देश जटिल परिस्थितिमा रहे पनि सरकार जनताको जीउधनको सुरक्षाप्रति चिन्तित रहेको भन्दै गृहमन्त्री गच्छादारले सुरक्षा प्रणालीमा केही परिवर्तत गरी महत्वपूर्ण राजनीतिक व्यक्ति, उद्योगी र व्यापारीलाई सुरक्षा प्रदान गरिने बताए। रासस

Leave a Reply

Your email address will not be published.