अपहरित व्यापारीको हत्याले बजार बन्द

विराटनगर- विराटनगरका प्रतिष्ठित उद्योगी एवम् समाजसेवी गङ्गाविसन राठीको हत्या भएको विरोधमा आज विराटनगर बजार, उद्योग र तथा कलकारखाना बन्द गरिएको छ। मोरङ व्यापार सङ्घको आह्वानमा सो बन्द भएको हो। उक्त घटनाबाट विराटनगरका उद्योगी व्यावसायी त्रसित एवम् दुःखी भएका छन्।
पुस २७ गतेदेखि परिवारजनबाट सम्पर्कविहीन रहेका व्यापारीको अपहरण भएको अनुमान गरिएको थियो। हिजो शनिबार मात्र उनको भारतमा शव फेला परेको थियो। रासस

Leave a Reply

Your email address will not be published.