श्रीमतीको जिउँदै जलाएर हत्या गरेको भन्दै विरोध

जुम्ला- श्रीमतीलाई मट्टितेल खन्याएर जिउँदै जलायर हत्या गरेको भन्दै महिला अधिकारकर्मीले बिहीबार जुम्लामा विरोध र्‍यालीसहित प्रेस विज्ञप्ति निकालेका छन्। पढाइको सिलसिलामा सुर्खेत गएका जुम्ला चन्दनाथ–३ भण्डारीवाडाका कमल भण्डारी र उनकी श्रीमती कमला बुडथापा (भण्डारी) करिब एक हप्तादेखिसँगै बस्दै आएको र परिवारभित्र नै आन्तरिक झगडापछि माघ १२ गते राति सुतेको अवस्थामा मट्टितेल खन्याई आगो लगाएपछि सख्त घाइते भएकी कमलालाई नजिकको आफन्तले नेपालगन्ज भेरी अञ्चल अस्पतालमा ल्याएपछि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।

तर मृतकको श्रीमान्ले भने आफूलाई त्यस विषयमा थाहा नभएको बताएको प्रहरीले जनाएको छ। सोबारे अनुसन्धान भइरहेको बताइएको छ। यता महिला अधिकारकर्मीले भने हत्यारालाई हदैसम्मको कारबाहीको माग राख्दै प्रेस विज्ञप्ति निकाल्नुका साथै जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि धर्ना दिएका थिए।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सोबारे छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने विश्वास दिलाउनुभएको छ। रासस

Leave a Reply

Your email address will not be published.