उखु किसान र प्रहरीबीच झडप

परासी- नवलपरासी सदरमुकाम परासीमा उखुको मूल्य निर्धारण गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन आएका उखु उत्पादक किसानलाई प्रहरीले सोमबार हस्तक्षेप गरी नियन्त्रणमा लिएको छ। नवलपरासीको दक्षिणीभेगबाट हातहातमा उखु लिएर सदरमुकाम जाँदै गर्दा बुद्धचोकबाटै प्रहरीले लाठीचार्ज गरेर उनीहरुलाई पक्राउ गरेको हो। 
प्रहरीले उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादव, किसान नेता सन्तु जयसवाल, श्रवणकुमार कोइरीसहित करिब २० जना उखु किसानलाई हिरासतमा राखेको छ। हिरासतमा उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन्।
किसानहरुले उखुको मूल्य तोकिनुपर्ने र गत वर्षको भन्दा बढी मूल्य पाउनुपर्ने माग राखेका छन्। किसान घरघरबाट हातमा उखु लिएर सदरमुकाममा आएका छन्।
आजै एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका नेता पार्टीको कार्यक्रममा भाग लिन सदरमुकाम परासी आउँदैछन्। रासस

Leave a Reply

Your email address will not be published.