ऐसको सेक्सी लुक

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चन परिवारकी बुहारी भएपछि आधुनिकभन्दा परम्परागत पहिरनमा बढी देखिन्छिन्। तर, कुनै समय यस्तो थियो, जतिबेला उनीसमेत निकै रिभिलिङ पोशाकमा देखिन्थिन्। फिल्म र मोडलिङ दुवैतिर जमेकी ऐस अभिषेक बच्चनसँग बिहे हुनुपूर्व खासगरी क्लिभेज मजाले देखिने खालका पहिरनमा ठाँटिन्थिन्। हालै मुम्बईमा आयोजित एक समारोहमा उनी निर्माता/निर्देशक करण जौहरसँग लामै खासखुस गरेको देखिएको थियो। समारोहमा उनी परम्परागत पहिरनमा नै देखिएकी थिइन्। पछि पनि उनले करणसँग लामो मिटिङ गरेको बताइन्छ। छोरीकी आमा बनेपछि ऐसलाई करणले फिल्मी पर्दामा सबैभन्दा पहिले उतार्न लागेको बताइन्छ।

Leave a Reply

Your email address will not be published.