शर्लिन अब सुध्रियो

एजेन्सी- इन्टरनेसनल एडल्ट म्यागजिन ‘प्लेब्वाई’का लागि न्युड फोटोसेसन गराएर चर्चामा छाएकी शर्लिन चोपडा फेरि एकपल्ट चर्चामा छिन्। अहिले उनले आफ्नो यौन जीवनबारे गरेको खुलासाबाट उनी चर्चामा आएकी हुन्। हुन त यस्ता खुलासा उनले कतिपल्ट गरिसकिन् तर यसपाली भने उनको कुरा सुनेर फ्यानहरू निरास हुने पक्का छ। उनले केही समय अघि रकमका लागि आफ्नो ओछ्यान धेरै जनासँग सेयर गरेको बताइसकेकी छिन्। यसपाली भने उनले अब क्याजुएल सेक्स नगर्ने प्रण गरेको बताएकी छिन्। प्लेब्वाइको फोटो सुटताका उनले आफूलाई चिनेको र आध्यात्मिक पक्ष अन्वेषण गरेको बताएकी छिन्। आध्यात्मिक पक्ष फेला पारेपछि अब यौन सम्बन्धले आफ्नो जीवन र मनमा पवित्र स्थान ओगटेको उनले बताइन्। त्यसैले अब पहिलेजस्तो क्याजुएल सेक्स नगर्ने उनले प्रण गरेकी बताएकी छिन्। तर पहिले पनि यस्ता थुप्रै प्रण गरेकी उनी आफ्नो निर्णयमा कति अडिग हुन्छिन् समयले बताइहाल्ला।

Leave a Reply

Your email address will not be published.