दीपिकाको बन्डिङ एक्सप्रेस

‘बिगसट’ सिद्धार्थ माल्यासँग रोमान्स टुंगिएपछि अहिले दीपिका पादुकोण साहरुख खानसँग लहसिन थालेको बताइन्छ। ‘ओम शान्ति ओम’ कोआर्टिस्ट साहरुखसँग फिल्म ‘चेन्नइ एक्सप्रेस’मा सँगै काम गरेपछि उनीहरुको सम्बन्ध अन्तरंग हुन थालेको चर्चा चलेको छ। रणवीर कपुर र सिद्धार्थ माल्यासँगको रोमान्स असफल भएपछि उनी यताउता भौतारिरहेकी थिइन्। छिट्टै सम्बन्ध बनाउन दिपिका खप्पिस मानिन्छिन्। उता साहरुख पनि पत्नी गौरीका कारण प्रियंका चोपडासँगको अन्तरंग सम्बन्ध तोड्न चाहिरहेको बताइन्छ। त्यसैले चाँडै रिलिज गर्ने तयारी भइरहेको रोहित सेट्टीको फिल्म ‘चेन्नइ एक्सप्रेस’लाई हिजोआज धेरैले दीपिका र साहरुखको ‘बन्डिङ एक्सप्रेस’ भन्न थालेका छन्।

Leave a Reply

Your email address will not be published.