गोली हानी बीस लाख लुटियो

गौशाला- महोत्तरीको पडौला बजारमा आज दिउँसो एक हतियारधारी समूहले गोली प्रहार गरी एक व्यक्तिबाट रु २० लाख लुटेको छ। जनकपुरबाट पैसा लिएर बेलबा सरपल्लो जाँदै गरेका राजदेव चौधरीलाई आज दिउँसो २ बजे बीच बाटोमा पर्ने पडौला बजारमा अपरिचित व्यक्तिहरुले गोली हानी रु २० लाख लुटेर भागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

जिल्लाको सरपल्लोमा आइएमइ सञ्चालन गर्दैआएका राजदेव चौधरीलाई नकावधारीले पडौला बजारमा रोकेर दाहिने खुट्टामा गोली हानेको र पैसा लुटी भागेको प्रहरी निरीक्षक सुजन खड्काले बताउनुभयो। लुटेराहरुको खोजीका लागि अहिले त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ। रासस

Leave a Reply

Your email address will not be published.