नयाँ प्रतिभा खोज्दै तेक्वान्दो सङ्घ

फणीन्द्र फुयाल, काठमाडौं- तेक्वान्दो खेलका नयाँ प्रतिभावान् खेलाडीहरु खोजी गर्ने उद्देश्यले नेपाल तेक्वान्दो सङ्घले आजदेखि देशव्यापीरुपमा ‘घरदैलो’ कार्यक्रम सुरु गरेको छ। सङ्घको पहलमा आज काठमाडौँको उत्तरी क्षेत्रको बालाजुस्थित तरुण मावि, गल्फुटारस्थित सेन्ट जोसेफ स्कुल, कपनस्थित रिलायन्स इन्टरेनसनल एकेडेमी तथा जोरपाटीस्थित द सेलिब्रेसन स्कुलमा छनोट प्रतियोगिता सम्पन्न भयो।
तरुण माविमा सम्पन्न प्रतियोगितामा विभिन्न १० तौल समूहमा पुरुष र महिला गरी ४० जना सहभागी थिए। पुरुषको ५४ केजीमा बालाजु डोजाङका निरन घले, ५८ केजीमा बालाजुका हिमालयन बुढाथोकी, ६३ केजीमा काभ्रेस्थली डोजाङका हरिशरण भण्डारी तथा ६८ केजीमा क्रेम्लिन स्कुलका दीपेन्द्र गुरुङ पहिलो भए।
महिलाको ४६ केजीमा बालाजुकी निशा जिसी, ४९ केजीमा बालाजुकी अमृता तामाङ, ५७ केजीमा बालाजुकी जानकी तामाङ, ५३ केजीमा कोपिला तामाङ, ६२ केजीमा पृथ्वीनारायण डोजाङकी निशा गजुरेल तथा ७३ केजीमा बालाजुकी लक्ष्मी श्रेष्ठ पहिलो भए।
महाराजगन्जमा भएको प्रतियोगितामा छ तौल समूहमा ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुष ५४ केजीमा टोखा डोजाङका दिपेश डङ्गोल, ५८ केजीमा रिपु मर्दिनी स्कुलका रविन्द्र मल्ल तथा ६३ केजीमा दीपज्योतिका हनिप भण्डारी पहिलो भए। महिलाको ४६ केजीमा रिपु मर्दिनीकी माया गुरुङ, ४९ केजीमा नेसनल पिस स्कुलकी कविता श्रेष्ठ तथा ५३ केजीमा टोखा डोजाङकी अमृता महर्जन शीर्ष स्थानमा रहे।
रिलायन्समा भएको प्रतियोगितामा सात तौलसमूहमा ३५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुषको ५४ केजीमा ब्रेन्डल्यान्ड स्कुलका झलकमान तामाङ, ५८ केजीमा ब्रेन्डल्यान्डगै आशिष अधिकारी, ६३ केजीमा बौद्ध चिल्ड्रेन हेभन स्कुलका रविकान्त ठाकुर, ६७ केजीमा बौद्धका राजु तामाङ तथा ७२ केजीमा रिलायन्सका अनिल चौधरी पहिलो स्थानमा रहे। महिलाको ५३ केजीमा गौशाला डोजाङकी मनीषा मगर र ५७ केजीमा रिलायन्सकी आशिका राई पहिलो भए।
जोरपाटीमा भएको प्रतियोगिता विभिन्न ११ डोजाङका ६० खेलाडीले ११ स्पर्धामा भिडेका थिए। पुरुषको ५४ केजीमा घन्चेन साम्लिङ स्कुलका सुनील मगर, ५८ केजीमा बालग्राम डोजाङका सरोज श्रेष्ठ, ६३ केजीमा गैरीगाउँ डोजाङका बलराम तामाङ, ६८ केजीमा सेलिब्रेसनका आशिष गुरुङ र ७४ केजीमा गैरीगाउँका कृष्णराम तामाङ पहिलो भए।
महिलाको ४६ केजीमा श्रमिक डोजाङकी कञ्चन लामा, ४९ केजीमा श्रमिककै निर्मला डगौरा, ५३ केजीमा श्रमिककै सलिना लामा, ५७ केजीमा सेलिब्रेसनकी छिरिङ लामा, ६२ केजीमा जेनिसेस स्कुलकी प्रतिभा राई तथा ७३ केजीमाथि सन्जिता राउत पहिलो भए।
तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, कोषाध्यक्ष रविराज सिंहलगायतका पदाधिकारीले प्रतियोगिताको निरीक्षणका गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.