भादा होम स्टेको ‘ब्याड लक’

मुकेश टेंर्रा

नेपाल पर्यटन वर्ष २०११ को पहिलो दिन जनवरी १ अर्थात् २०६७ पुस १७ गते उर्मा–८ भादामा थारु होम स्टे उद्‍घाटन कार्यक्रम थियो। त्यसको अघिल्लो दिन, पुस १६ गते बर्षा भयो। करिब शून्य दशमलव ७ मिलिलिटर पानी पर्‍यो। सुदूरपश्चिम क्षेत्रमै पर्यटन प्रबर्द्धनका लागि सरकारी लगानी शून्य भएको बेला पुस १७ गते स्थानीय जनताले आफ्नै पहलमा पर्यटनका लागि होम स्टे स्थापना गर्न गरेको तयारीको समाचार संकलन गर्न यो पंक्तिकार पनि पुस १५ गते नै भादा पुगेको थियो।

पुस १५ गते हामी थारु होम स्टेको समाचार संकलन गर्न मोटरसाइकलमा भादा गएका थियो। बाटो एकदम सफा तर धुलाम्य थियो। मोटरसाइकलमा त्यहाँ आउँदा जाँदा गरी कपडा र जिउमा एक सतह हुने गरी धुलो बस्यो। १७ गते उद्‍घाटन थियो, उद्‍घाटनमा जीपमा बसेर जाने अवसर जुट्यो। अघिल्लो दिन पानी परेकाले बाटो छताछुल्ल र हिलाम्य थियो। ठाउँ ठाउँमा गाडी चिप्लिन्थ्यो। कहीं फस्ला जस्तो गरी ‘घुइँए–घुइँए’ गर्थ्यौ। जिआइजेडको गाडीमा उद्‍घाटन कार्यक्रमका प्रमुख अतिथि डा. हेमराज पन्तसँगै कैलाली उद्योग वाणिज्य संघका पदाधिकारी र हामी पत्रकारहरु थियौं।

जिआइजेडको गाडी बिग्रेपछि आफू पर्ने डरले चालकले गाडी बीच बाटोबाटै फर्काउन तयार हुन्थे तर अगाडिको बाटोमा गाडी हाल्न मान्दैनथे। त्यसबेला पनि जिआइजेडले कैलाली उद्योग वाणिज्य संघसंग मिलेर काम गर्थ्यौ। गाडीमा रहेका संघका तत्कालीन महासचिव मोहनराज शर्माले गाडी अगाडि बढाउन कर गर्नुहुन्थ्यो। आफूले जिम्मा लिने प्रतिबद्धता गर्नुहुन्थ्यो। उहाँले ‘केही हुँदैन, अगाडि बढौं’ पटक पटक दोहर्‍याइरहनु पर्‍यौ। अनि बल्ल १७ किलोमीटर बाटो करिब दुई घण्टा लगाएर काटियो। भादा पुगियो। ११ बजेको कार्यक्रम १ बजेतिर मात्रै सुरु भयो।
त्यसको ठीक एक वर्षपछि (१ जनवरी २०१२ अर्थात् २०६८ पुस १७ गते) भादा गाउँ पर्यटन विकास तथा व्यवस्थापन समितिले थारु होम स्टे महोत्सव आयोजना गर्‍यो सोही दिन १० दशमलव ४ मिलिलिटर वर्षा भयो। अघिल्लो दिन सुख्खा र धुलाम्य रहेको सडक पानी पानी भयो। पानीले गर्दा धुलो हिलोमा परिवर्तन भयो। बिहानैदेखि पर्न सुरु गरेको पानी मध्य दिनपछि राकियो। अर्को दिन चहकिलो घाम लाग्यो, अघिल्लो दिन जस्तै गरी।
गतवर्षको होम स्टे महोत्सव उद्घाटनमा हामी मोटरसाईकलमा गएका थियौं। एउटा मोटरसाइकलमा नेवाल वान टेलिभिजनको म र कान्तिपुर दैनिकका मोहन बुढाऐर दाइ तथा अर्को मोटरसाइकलमा दिनेश एफएमका सिताराम ओझा र तराई टेलिभिजनका भिम चौधरी थिए। भारी वर्षाले गर्दा भएको हिलोमा कति पटक खस्यौं? थाहै भएन। करिब १० पटकसम्म त गन्न सक्यौं तर गन्न पनि बिर्सियो।
पहिले बेली–कनरी हुँदै जाने योजनामा मनेहरा पुगेका थियौं। हिलोले गर्दा त्यहाँ भन्दा अगाडि जाने बाटो नै थिएन। फर्किएर पटेला हुँदै जाने भयों। त्यो बाटो पनि कुनै पनि साधन नचल्ने भएको थियो। त्यसपछि हामी पथरी हुँदै बेहडा बाबा भएर भादा पुग्ने निधोमा पुग्यो। निस्किसकेपछि जसरी पनि पुग्ने अठोट कस्नु भो मोहन दाइले। पथरीसम्म ग्राभेल बाटो भएका राम्रो थियो। तर त्यसपछि साह्रै खराब बाटो थियो। खराब बाटो आएपछि त्यसलाई पञ्छाउन हामीले अर्को अली राम्रो देखिएको बाटो लाग्यौं। त्यसपछि बाटो बिर्सियो। त्यसअघि नै ग्राभेल बाटो समात्नु भन्दा पहिले हामी कैयौं पटक चिप्लेर लडिसकेका थियो। बाटो बिर्सिएपछि जंगलभित्र बिनाबाटो हिंडिरहेका थियो। जंगल बाहिर देखिने उज्यालो हेर्दै कति पटक लड्यौं कति पटक…। एक घण्टामा पुगिने बाटोमा हामी तीन घण्टा लड्दैपर्दै कार्यक्रम सकिने बेला भादा पुग्यों।

भादासम्म पुग्ने झिल र राजीपुरको बाटो पनि म खुबै हिँडेको छु। गतवर्षको होम स्टे महोत्सव उद्‍घाटनको दोस्रो दिन (२०६८ पुस १८ गते) हामी राजीपुरको बाटो फर्कियौं। फर्किदा पनि त्यो बाटो पनि राखब थियो। झिलको बाटो पनि पानी परेपछि मोटरसाईल हिंड्न सक्दैन। जीप पनि हिंड्न गाह्रो हुन्छ। पानीको कारण भादा जाने बाटो खराब हुने भएकाले भादामा पर्यटक आगमन साउनमा सुन्य हुन्छ। असारको पहिलो साताबाट आउन नसकेका पर्यटकहरु भदौंको अन्तिम साता बल्ल बल्ल जोखिम मोलेर भादासम्म पुग्छन्। वर्षामा हिलो, हिउँद र
जुन सुकै व्यवसाय पनि दुई वर्षमा फस्टाएर फलिफाप भइसक्छ तर भादाको थारु होम स्टे अझै शुरुवाती चरणमा जस्तै छ। बाटोको धुलो, हिलो र खाल्डोले गर्दा भादाको थारु होम स्टे फस्टाउन सकेको छैन। पर्यटक रमाउनका लागि आउने हो। रमाउनका लागि सुविधा, सफासुग्घर वातावरण चाहिन्छ। गाउँ सफा सुग्घर छ तर बाटोमै सुविधा छैन। त्यसैमा हिँड्दा बाटोको धुलोले फोहोर बनाउँछ। त्यसले आफैलाई फोहोर महसुस गराउँछ। अनि कति बेला रमाउनु?ग्रृष्ममा धुलोले गर्दा पर्यटक भादासम्म पुग्न सक्दैनन्। वर्षा बाहेकको समयमा मोटरसाईकलमा जाँदा धुलोले सटाउँछ। भादामा प्रमुख लक्ष्य स्थानीय पर्यटक नै हुन्। स्थानीय पर्यटक आउने साधन मोटरसाईकल नै हो। विदेशी पर्यटक कम आउँछन्। उनीहरुले बाटोमा धुलोमैलो चाहन्नन्।

जिल्ला विकास समितिको लगानीमा आधा भन्दा बढि कृषि सडक बनेको छ तर त्यो पर्याप्त छैन। ग्राभेल बाटो भए पनि धुलाम्य बाटो छ। यसले पर्यटक भित्र्याउन मद्दत गरेको छैन। भादाको होम स्टेलाई पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्न भादाभित्र संरचननाहरु निर्माण गर्नुका साथै धनगढी–कनरी–भादा–बेहडाबाबा–झिल कृषि सडकलाई कालोपत्रे गर्नुपर्छ। त्यसको लागि पहिलो चरणमा ग्राभेल सडक पुर्‍याउने र त्यसको लगत्तै कालोपत्रेको लागि पहल गर्नुपर्छ।

भादाभित्र टेलिफोनको समस्या पनि छ। मैले समाचार संकलनको क्रममा थुप्रै पटक पुग्दा झेल्न परेको समस्या टेलिफोनको पनि हो। सिडिएमए, स्काई फोन लागेपनि नमस्ते मोबाईलको टावरले टिप्दैन। स्काई फोनको टावर लागेपनि त्यसले ईन्टरनेट चलाउन सक्दैन। हामीले त्यही बस्ने र त्यहाँको समाचार त्यहीबाट सम्प्रेषण गर्ने योजनामा तीन चार पटक पुगेका छौं तर फोनको नेटवर्क समस्याले गर्दा इन्टरनेट नचल्दा हा

हामी जस्तै, त्यहाँ बसेर इमेल, इन्टरनेट चलाउने थुप्रै मानिस त्यहाँ पुग्छन्। त्यही हुँदा फोनबाट वा इन्टरनेटबाट आफ्ना साथीहरुलाई त्यहाँको रमाइलो अनुभव तुरुन्त साँट्ने बानी मानिसहरुमा हुन्छ। त्यसो गर्न नपाउनु पनि भादा गाउँमा पर्यटन विकासको ठूलो समस्या हो। यसलाई सुधार्न नेपाल टेलिकमले भादामा बिटिएस जडान गरी एडिएसएल सेवा प्रदान गर्ने गरी सेवा विस्तार गर्न आवश्यक छ।म्रो योजना सफल भएन।

भादाको थारु होम स्टे विकासका लागि राष्ट्रिय स्तरबाट लगानीका साथै प्रचार प्रसार आवश्यक छ। यसका लागि सरकारी तहबाटै भादा पश्चिमा थारु सांस्कृतिक संग्रहालय स्थापना, सडक पक्की बनाउने, खानीपानीको व्यवस्था गर्ने, टेलिफोन सेवा विस्तार गर्ने, प्रहरी चौकी स्थापना गर्ने, ताल तलैया लगायतका सार्वजनिक स्थानहरुमा भौतिक संरचनाहरु निर्माण गर्ने र स्थानीय जनतालाई पर्यटन व्यवसायसम्बन्धी तालीम दिनेजस्ता योजनाहरु पार्नुपर्छ। सुदूरपश्चिमै पर्यटनका लागि सरकारी नरहेको बेला स्थानीय स्तरमा जनताले आफैं गरेको प्रयासले स्थानीय सरकारको रुपमा रहेका जिल्लास्थित सार्वजनिक निकायहरुले यि योजनाहरुका लागि काम गर्न आवश्यक छ।

Leave a Reply

Your email address will not be published.