बाख्रा चराउन गएकी युवती बलात्कृत

लहान- सिरहाकी एक युवती बाख्रा चराउन गएको समयमा बलात्कृत भएकी छन्। वडा प्रहरी कार्यालय लहानका अनुसार सोमबार दिउँसो घरबाट बाख्रा चराउन गएकी ती युवतीलाई गाउँकै दुई युवकले बलात्कार गरेका हुन्। प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले बलात्कारी फरार भएकाले मातहतको इलाका प्रहरी कार्यालय धनगढीलाई समेत परिचालन गरी  खोजी भइरहेको जानकारी दिए।

बलात्कृत युवतीलाई अभिाभावकको जाहेरी दर्तापछि राति १० बजेतिर वडा प्रहरी कार्यालय लहान झिकाएर आज बिहान स्वास्थ्य परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल लगिएको प्रहरी निरीक्षक खतिवडाले उल्लेख गरे। रासस

Leave a Reply

Your email address will not be published.