![Ivory Coast](https://archive.tharuwan.com/wp-content/uploads/2013/01/Ivory-Coast-300x168.jpg)
एजेन्सी- नयाँ वर्ष मनाउने क्रममा भएको भागदौडमा परी आइभोरी कोस्टको राजधानी अविदजानमा ६० जनाको मृत्यु भएको छ। बिबिसीले स्थानीय मिडियालाई उदृत गर्दै जनाएअनुसार नयाँ वर्षको स्वागतमा जुटेकाहरु भागाभाग हुँदा यस्तो दुर्घटना भएको हो। राजधानीको केन्द्रीय भागमा स्थानीय समयअनुसार बिहानै भागाभाग भएको थियो। करिब २ सय मानिसहरु दुर्घटनामा परी घाइते भएका छन्। दुर्घटनामा पर्नेहरुमा धेरैजसो बालबालिका रहेको बिबिसीले जनाएको छ। के कारण भागदौड मच्चिएको हो अहिलेसम्म खुल्न सकेको छैन।