सिरहामा चिसोले मर्नेको सङ्ख्या बाह्र पुग्यो

सिरहा- अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण सिरहामा मर्नेको सङ्ख्या १२ पुगेको छ। मर्नेहरुमा एक बालिका, ६ वृद्धा र पाँच वृद्ध छन्। नीयवासीका अनुसार इटारीप्रसाही गाविसमा छ दिनमै एक बालिकासहित छ जना दलित वृद्धाको कठाङ्ग्रिएर मृत्युभएका छन्। आर्थिक अभावले न्यानो कपडाको लगाउन नसक्दा दलित बालिका र वृद्धाहरुको ईटारीप्रसाहीका महिला शिक्षक सुमित्रा मण्डलले बताए। यस्तै सुखीपुर गाविसमा चिसोकै कारण कठाङ्ग्रिएर एक वृद्ध र दुई वृद्धाको मृत्युभएको गाविस सचिव द्रवेश्वर दासले जानकारी दिए।
जिल्लाको उत्तरवर्ती गाविस जमदहमा दुईजना र तरेगना गोविन्दपुर गाविसमा पनि एक जनाको चिसाले कठाङ्ग्रिएर मृत्युभएको छ। बाक्लो कुहिरो, हुस्सु र चिसो हावाले गर्दा सिरहाको यातायात, बजार, कलकारखाना र शिक्षण संस्था समेत प्रभावित भएको शिक्षकहरु बताउँछन्। शीतलहरले आलुमा डढेलो रोग देख्न थालेका छन्– भने तोरी र सिमीको पात सुक्न थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
चिसोकै कारण अहिले जिल्लाका स्वास्थ्य संस्थाहरुमा आउने बिरामीको सङ्ख्यामा पनि अप्रत्यासित रुपमा वृद्धि भएको देखिएको छ। विशेष गरी वृद्धवृद्धा र बालबालिका चिसोबाट बढी प्रभावित भएका छन्।
आर्थिक अभावमा कपडासमेत किन्न नसकेका वृद्धवृद्धा र बालबालिकालाई कपडा उपलब्ध गराउन प्रभावित भएकाले सरकारसँग माग गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published.