प्रचण्ड पत्‍नीसहित बैंकक प्रस्थान

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पत्‍नी सीतासहित आज थाइल्यान्डको राजधानी बैंकक जाँदैछन्। पत्‍नी सीताको उपचारका लागि दाहाल थाइल्यान्ड जान लागेका हुन्। उनका स्वकीय सचिव शिव खकुरेलका अनुसार दाहालको २ बजेको फ्लाइट छ। थाइ एयरवेजबाट उनी त्यता लाग्दैछन्। उनको भ्रमणमा कुनै राजनीतिक भेटघाट नहुने बताइएको छ। दाहालले आगामी माघमा हुने भनिएको सातौं महाधिवेशनको दस्तावेज लेख्दै गर्दै समय निकालेर पत्‍नीको उपचारका लागि हिड्न लागेका हुन्।

Leave a Reply

Your email address will not be published.