सचिनद्वारा सन्यासको घोषणा

एजेन्सी- भारतीय मास्टर्स ब्याट्सम्यान सचिन तेन्दुलकरले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आइतबार बिहान उनले यस्तो निर्णय लिएका हुन् । ‘मैले एकदिवसीयबाट सन्यास लिने निर्णय गरेको छु,’ तेन्दुलकरले एक विज्ञप्तिमार्फत् भनेका छन्, ‘विश्व कप विजेता भारतीय टोलीको सदस्य भएर मैले आफ्नो ठूलो सपना पूरा गरिसकेको छु।
‘२०१५ को विश्वकप रक्षा गर्नका लागि तयारी अहिले देखि गम्भिर भएर सुरु गर्नुपर्छ । वर्षौ देखि मलाई समर्थन गरी माया गरिदिनु भएकोमा म सबैप्रति आभारी पनि छु।’

गत वर्ष तेन्दुलकरको गृहनगर मुम्बईमा श्रीलंकालाई पराजित गरी भारतले विश्वकप जितेको थियो। पछिल्लो तीन दशकमा भारतको यो सबैभन्दा ठुलो सफलता थियो । पाकिस्तानविरुद्ध हुने एकदिवसीय शृंखलाका लागि टोलीमा परेको भोलिपल्ट तेन्दुलकरले यस्तो निर्णय गरेका हुन् ।
१९८८ मा ‘डेब्यु’ गरेका उनले ४ सय ६३ खेलमा सबैभन्दा बढी १८ हजार ४ सय २६ रन बनाए। उनको नाममा ४९ सतक छ। एकदिवसीयमा रन र सतक दुवै तेन्दुलकरका कीर्तिमान हुन्। त्यसबाहेक ९६ अर्धसतक पनि छ। उनको औसत ४४.८३ र स्ट्राइक रेट ८६.१४ छ। तेन्दुलकरले ४४.४८ को औसतमा १ सय ५४ विकेट पनि लिएका छन्।

Leave a Reply

Your email address will not be published.