मोबाइल भर्सनको बढ्यो कारोबार

एजेन्सी- गुगलले मोबाइल विज्ञापनमा क्रान्तिको सुरुवात गरेको छ। अमेरिकाले आगामी वर्ष ४ अर्ब डलर बराबरको कारोबार गर्ने प्रक्षेपण सार्वजनिक गरिएको छ। त्यस्तै सामाजिक सञ्जाल फेसबुकले पनि आफ्नो विज्ञापन दोब्बर गर्ने अनुमान गरिएको छ। अनुसन्धान गर्ने संस्था इमाकर्ेेटरले गरेको अनुसन्धानले यस्तो तथ्य बाहिर ल्याएको हो। 
इमार्केटरका अनुसार स्मार्टफोन र ट्याब्लेट पिसीका कारण मोबाइल भर्सनको विज्ञापन ह्वात्तै माथि आएको हो। अमेरिकामा मात्र गुगल मोबाइलको कारोबार १ सय ८० प्रतिशतले बढ्ने बताइएको छ। भविष्यमा पनि गुगलको वर्चश्व यथावत रहनसक्ने देखिएको छ। गुगलको आम्दानी सन् २०१४ मा ६ अर्ब ३३ करोड हुने प्रक्षेपण गरिएको छ। यो विज्ञापनमा आधारित कारोबारमात्र हो।२०१३ मा गुगलमा ८४ प्रतिशत विज्ञापन बढ्ने अनुमान गरिएको छ।

मोबाइल भर्सनको विज्ञापन फेसबुकका पनि उत्तिकै बढ्ने देखिएको छ। अमेरिकामा मात्र ३३ करोड ९० लाख डलर बराबरको कारोबार भयो २०१२ मा। २०१३ मा यो दोब्बरभन्दा माथि जानेछ। फेसबुकले मोबाइल विज्ञापनलाई धेरै प्राथमिकता नदिएपनि अप्रत्यक्षरूपमा यसको कारोबार माथितिर उकालिएको छ। यो सँगै माइक्रो ब्लगिङ् टि्वटर र एप्पल इंकको पनि मोबाइल भर्सनको कमाई बढ्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published.