विवाहपञ्चमीको दिन छोरीको विवाह गर्दैनन् मिथिलावासी

तस्बिर : सुरेश यादव

जनकपुरधाम- मिथिलावासी विवाहपञ्चमीको दिन छोरीको विवाह गर्दैनन्! सुन्दा अचम्म लाग्छ। तर यो सत्य हो। यस दिन छोरीको विवाह गर्दा जनक जननी सीताझैं दुःख, कष्ट हुन्छ भन्ने लोक मान्यता रहेको छ। करिब नौ लाख वर्ष पूर्व त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमी तिथिमा अयोध्या नरेश चक्रवर्ती राजा दशरथको जेष्ठ पुत्र भगवान् श्री राम तथा जनकपुत्री सीताको विवाह सम्पन्न भएको थियो।
विवाह पश्चात् सीताको १४ वर्षको वनवास, अग्निपरीक्षा दिनु र वनवासबाट फर्केपछि फेरि जङ्गल प्रस्थान गर्नुपर्‍यो र अन्तमा पृथ्वीमा विलुप्त हुनुजस्ता कारणले पनि मिथिलावासी विवाहपञ्चमीको दिन छोरीको विवाह गर्दैनन् भन्ने लोकविश्वास रहिआएको छ।
“विवाहपछि सीतालाई कष्ट भएकाले मिथिलावासी यो दिन छोरीको विवाह गर्दैनन्। जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव भन्नुहुन्छ– भगवान्को लीलासँग छोरीको भविष्य जोड्नु उत्तम होइन।”
मैथिली भाषाका वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल भन्नुहुन्छ– मिथिलाञ्चलमा यो दिन शुभ हुँदैन र जनकपुरको छोरी सीता आजसम्म सुखी रहिनन् भन्ने जनविश्वास रहिआएको छ। रासस

Leave a Reply

Your email address will not be published.