एक आपसमा बस जुध्दा नवलपरासीमा दुईको मृत्यु

कावासोती- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डन्डा जङ्गलमा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना३ख ५२२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु१ख ४९७४ नम्बरको बस एकापसमा ठक्कर खाँदा लु१ख ४९७४ नम्बरको बसका सहचालक सिद्धार्थनगर–९ भैरहवा बर्मेली टोलका उजेल भुसाल र एक महिला रहेको र निजको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यलय कावासोतीले जनाएको छ। 
ना३ख ४०११ नम्बरको गुडिरहेको ट्रकलाई लु१ख ४९७४ नम्बरको बसले ‘ओभरटेक’ गर्न खोज्दा सो दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा परेका करिब ४० घाइतेको मध्यविन्दु अस्पताल डन्डा र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ। रासस

Leave a Reply

Your email address will not be published.