पत्‍नीको हत्या गरी फरार

भ्रद्रपुर- झापाको सतासीधाम गाविस–१ बस्ने मानबहादुर नेपालीले गतराति आफ्नै पत्नीलाई कुटपिट गरेर हत्या गरेका छन्। मानबहादुरकी पत्नी ५५ वर्षीया सुकलक्ष्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। पारिवारिक विषयमा विवाद भएपछि उक्त घटना भएको प्रहरीले भनाइ छ। पति मानबहादुर फरार भएका र उनको खोजी भइरहेको छ। रासस

Leave a Reply

Your email address will not be published.