भोलिसम्म राजनीतिक सहमति जुट्ने : दाहाल

काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलहरूबीच छिट्टै राजनीतिक सहमति हुने बताएका छन्। राष्ट्रपति रामवरण यादवसँग आज बिहान राष्ट्र्रपति भवन शीतल निवासमा भएको छलफलपछि अध्यक्ष दाहालले सोमबार बेलुकासम्म राजनीतिक सहमति जुट्ने बताए। 
“अब देश राजनीतिक सहमतितिर गयो, भोलि बेलुकासम्म टुङ्गोमा पुगिनेछ”— अध्यक्ष दाहालले भने। राष्ट्रपति यादवले सहमतिको सरकारका लागि पछिल्लो पटक दिनुभएको समयसीमा सकिनु अघिल्लो दिन अध्यक्ष दाहाल र राष्ट्र्रपतिबीच कुराकानी भएको हो।
भेटमा अध्यक्ष दाहालले नेपाली काँग्रेस, नेकपा (एमाले), संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र अन्य दलहरूसँग भएको छलफलबारे राष्ट्र्रपति डा यादवलाई जानकारी गराएका
हुन्। यसअघि आजै बिहान राष्ट्रपति यादव र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारबीच राजनीतिक सहमतिका बारे छलफल भएको थियो। रासस

Leave a Reply

Your email address will not be published.