राष्ट्रपति-गच्छदारबीच के कुरा भयो?

काठमाडौं- राष्ट्रपति रामवरण यादवसँग संयुक्त मधेसी मोर्चाका संयोजक एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आज बिहान राष्ट्रपति भवन सितल निवासमा वर्तमान राजनीति गतिरोधको निकासबारे भेटवार्ता गरेका छन्। सो अवसरमा राष्ट्रपतिले मधेसी मोर्चाको तर्फबाट राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्न आफूलाई आग्रह गर्नुभएको भेटपछि संयोजक गच्छदारले राससलाई बताए।
उनले एक घन्टा लामो भेटमा मोर्चाको तर्फबाट आफूले सहमति निर्माणका लागि सहज वातावरण बनाउन सक्दो पहल गर्ने आश्वासन दिएको र निर्वाचनलगायत सबै विषयमा प्याकेजमा सहमति खोजिनुपर्ने धारणा राखेको जानकारी गराए। सरकार गठन र विवादित सबै विषयमा सहमति जुटाउन थप एक साताको समय लाग्ने उनले उल्लेख गरे। रासस

Leave a Reply

Your email address will not be published.