दम्पत्तीले गरे आत्महत्या

भक्तपुर- भक्तपुरको दुवाकोट गाविस-१ तल्लो हाइटमा बोल्न नसक्ने एक बहिरा दम्पत्तीले आज आत्महत्या गरेका छन्। दुवाकोटकी सरिता कार्कीको घरमा भाडामा बस्दै आएका दोलखा लाँकुरीडाँडा-४ का २६ वर्षीय सुवास केसी र उनकी स्वास्नी काभ्रे देवभूमि बालुवा-२ की २६ वर्षीया रमा केसीको आज अपराह्‍न कोठामा शव भटिएको हो।
सुवासको शव पलङमा लडिरहेको र रमा झुन्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक भावेश रिमालले बताए। घटनाको अवस्था हेर्दा घटना गएराति नै भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुवै बोल्न नसक्ने र नजिकैको एक पश्मिना उद्योगमा काम गर्ने गरेको स्थानीयवासीले बताएका छन्।

आज अपराह्न ३:३० बजेसम्म बाहिर ननिस्केपछि सोही घरमा भाडामा बस्नेले झ्याल बाहिरबाट हेर्दा रमालाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले साँझ ५:३० बजे दुवैको शवलाई बाहिर निकालेर परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक रिमालले बताए। रासस

Leave a Reply

Your email address will not be published.