विद्याले गरिन बिहानै विवाह

एजेन्सी- बलिउड अभिनेत्री विद्या बालनले शुक्रबार बिहानै सिद्धार्थ राय कपुरसित चेम्बुरस्थित एउटा मन्दिरमा विवाह गरेकी छिन्। निजी समारोहलाई गोप्य राखिएकोले दुवै परिवारका सदस्यहरुमात्र समारोहमा उपस्थित थिए। एकदमै गोप्य राखिएको हुनाले मिडियाले विहे भइसकेपछि मात्रै खबर पाएको थियो। बुधबार राति भएको मेहन्दी समारोह पनि अरुले थाहा पाउन सकेका थिएनन्।

मेहन्दी समारोहमा विद्याकी मनपर्ने अभिनेत्री रेखामात्र उपस्थित थिइन्। विद्याले परम्परागत बंगाली पहेँलो सारी समारोहमा लगाएकी थिइन्। परिवारका सदस्यहरुमात्र रहने निजी डिनर मंगलबार राति हुने र विहेको भोज शनिबार चेन्नाइमा हुने भारतीय मिडियाले जनाएको छ।

Leave a Reply

Your email address will not be published.