आगलागीबाट पच्चीस लाखको क्षति

मोरङ- मोरङको गोविन्दपुर– ३ स्थित भक्तबहादुर विश्वकर्माको करेन्ट सट भई आगालागी हुँदा रु २५ लाखबराबरको क्षति भएको छ। आगालागीबाट विश्वकर्मा परिवारले पालेको एक एक राँगा र बाख्रा, धनमाल, लत्ताकपडासहित दुई तले काठको घर र एउटा गाईवस्तु बाँधिने ग्वालीसमेत नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बिहीबार राति लागेको आगो स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको छ। रासस

Leave a Reply

Your email address will not be published.