फोरम गणतान्त्रिकको पदाधिकारी बैठक बस्दै

काठमाडौं- मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)को केन्द्रीय समितिको बैठक एजेन्डा तय गर्न तथा सरकारबारे निर्णय गर्न पार्टी पदाधिकारीको बैठक पार्टी कार्यालयमा बसिरहेको छ। पार्टी सहअध्यक्ष बीपी यादवका अनुसार आगामी केन्द्रीय समितिमा जिम्मेवारी बाँडफाँड, राजनीति ऐजेन्डा र महाधिवेशन समीक्षाबारे बैठकमा छलफल हुनेछ। ‘राष्ट्रिय सहमतीय सरकारका लागि पार्टीले खेल्ने भूमिकाबारे पनि छलफल हुनेछ,’ उनले भने, ‘कात्तिक २० गते महाधिवेशन सम्मपन्न भए पनि केन्द्रीय समितिको बैठक बसेको थिएन।’

आन्तरिक विवादले गर्दा फोरम गणतान्त्रिकको केन्द्रीय समिति बैठक एक महिनादेखि बस्न सकेको थिएन।

Leave a Reply

Your email address will not be published.