थप्पड हान्नेको धरौटी स्वयं तिरे प्रचण्डले

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हानेको कसुरमा धरौटी तिर्न नसकेर जेल पठाइएका पदम कुँवरको धरौटीवापतको २८ हजार रुपियाँ दाहाल स्वयंले तिरेका छन्। धरौटी वापतको रकम उनका सहयोगी शिव खकुरेलले जिल्ला प्रशासन कार्यालयमा बुझाएका हुन्। दाहालले उनलाई आजै हिरासतमुक्त गर्न आग्रह गरेको खकुरेलले बताए।

धरौटी तिर्न नसकेपछि कुँवरलाई हिजो केन्द्रीय कारागार पठाइएको थियो। हिजै विभिन्न ठाउँबाट उनका लागि सहयोग रकम जुटेको थियो। भृकुटी मण्डपमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उनले दाहाललाई चश्मा भूँइमा खस्ने गरी हातपात गरेका थिए। लगत्तै एमाओवादी कार्यकर्ताहरुको पिटाइबाट घाइते भएका कुँवरलाई उपचारपछि अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको थियो।

Leave a Reply

Your email address will not be published.