थरुहटको गाउँ समिति गठन

कञ्चनपुर- थरुहट तराई पार्टी नेपालको गाउँ इकाई समिति गठन भएको छ। लक्ष्मीपुर–१ टेडुवा, कञ्चनपुर स्तरिय गाउँ इकाइ कमिटीको अध्यक्षमा छत्रबहादुर चौधरी चयन भएका छन्। कमिटीको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः शान्ति चौधरी, रमेश चौधरी, मनिराम चौधरी र सुनकुमारी चौधरी छन्।

सदस्यहरुमा राजेश, बिनोद, बन्धुराम, रमा, शिवा, बन्धु चौधरी छन्। थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खड्क चौधरी, केन्द्रिय सदस्य माधव चौधरी, इश्वरी थारु, सोमति थारु, किर्तबहादुर थारु र कञ्चनपुर जिल्ला अध्यक्ष लक्ष्मण थारुको उपस्थितीमा कमिटी गठन भएको हो। पार्टीले केही समय यता पार्टी बिस्तार गर्ने क्रममा वडा, गाउँ स्तरिय कमिटी गठनलाई तिब्रता दिएको छ।

Leave a Reply

Your email address will not be published.