बुद्धकालका ऐतिहासिक तथा पुरातात्विक इँटा फेला

परासी- नवलपरासीको सुनवल गाँउ विकास समिति–८ बैरागनाथमा रहेको शिवमन्दिर निर्माणका लागि जग खन्ने क्रममा बुद्धकालका ऐतिहासिक तथा पुरातात्विक इँटा फेला परेका छन्। गत कात्तिक १३ गते शिलन्यास गरिएको उक्त मन्दिरको अहिले भवन निर्माणका लागि जग खन्दा जमिनदेखि पाँच फिट तल उक्त इँटा भेटिएका हुन्।

पूर्व–पच्चिम लोकमार्गको सुनवल–बुटवल सडकखण्डअन्तर्गत ज्यामिरेदेखि आठ किमि दक्षिणमा रहेको बैरागनाथ शिवमन्दिरमा उक्त इँटा फेला परेको स्थानीय हरिकुमार ढकालले जानकारी दिएका हुन्। रासस

Leave a Reply

Your email address will not be published.