जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

२०११ मा जापानमा गएको शक्तिशाली भूकम्पबाट आएको सुनामी। फाइल तस्बिर

एजेन्सी- जापानको उत्तरपूर्वी भेगमा ७.३ म्यागनिच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको एजेन्सीहरुले बताएको छ। राजधानी टोकियोबाट ४ सय ९२ किलोमिटर उत्तरपूर्वमा रहेको कामिआशीमा केन्द्र बिन्दु बनाइ भूकम्प गएको अमेरिकी भूगर्भ मापन विभागले जनाएको छ। 
जापनिज मापनकेन्द्रले भने २ मिटर अग्लोसम्म सुनामी आउने संकेत गरेको छ। भूकम्पको झड्का राजधानी टोकियोमा पनि परेको एजेन्सीले जनाएका छन्।

गत वर्ष पनि जापानमा भूकम्पका कारण आएको सुनामीले मानवीय तथा करोडौंको क्षति पुर्‍याएको थियो।

Leave a Reply

Your email address will not be published.