बाह्र बुँदे सहमतिको अस्तित्व समाप्त : गजुरेल

सिन्धुलीमाढी- नेकपा–माओवादीका उपाध्यक्ष चन्द्रप्रसाद गजुरेलले अहिलेको अवस्थामा राजनीतिक समस्या समाधानका लागि १२ बुँदे सहमति पर्याप्त नरहेको बताएका छन्। क्रान्तिकारी पत्रकार सङ्घ सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष गजुरेलले भने– “तत्कालीन समयभन्दा अहिलेको अवस्था फरक भइसकेको छ। एमाओवादी अध्यक्षले गर्नुभएको १२ बुँदेको अस्तित्व समाप्त भइसकेकाले वर्तमान राजनीतिक समस्या समाधानका लागि राजनीतिक दलहरूबीच नयाँ सहमति कायम गरेर जानुपर्छ।”

उनले भने– “गोलमेच सम्मेलनबाट राजनीतिक समस्या समाधानका लागि नयाँ सहमति निकाल्न सकिन्छ।
सहमतिका आधारमा प्रधानमन्त्री डा बाबुराम भट्टराई सरकारबाट हट्ने अवस्था नरहेकाले वर्तमान सरकार हटाउन आन्दोलन नै एक मात्र विकल्प रहेकोसमेत धारणा समेत उनले व्यक्त गरे। रासस

Leave a Reply

Your email address will not be published.