एकीकृतरूपमा सहमति हुनुपर्ने एमाओवादी बैठकको निर्णय

काठमाडौं- एकीकृत नेकपा (माओवादी)को बैठकले संविधान निर्माणलगायतका विषयमा एकीकृतरूपमा सहमति भएमात्र राष्ट्रिय सहमतिको सरकार स्वीकार गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बिहान बसेको बैठकले राष्ट्रिय सहमतिका लागि आफ्नो दलले हदैसम्मको लचकता अपनाएको उल्लेख गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने– मुख्य चार विषयमा अन्य दलले एकीकृतरूपमा सहमति जनाउनुपर्छ। 
आउँदो वैशाख महिनाभित्र संविधान सभाको निर्वाचन सम्पन्न गर्र्न, निर्वाचनका लागि देखापरेका संवैधानिक तथा कानुनी जटिलता समाधान गर्न, संविधान सभाको निर्वाचनमा सदस्य सङ्ख्या घटाउन र राष्ट्रिय सहमतिमै संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्न अन्य दल सहमति भएमात्र राष्ट्रिय सहमतिको सरकार स्वीकार गरिने निर्णय भएको उनले उल्लेख गरे। रासस

Leave a Reply

Your email address will not be published.