शीर्ष नेताको ‘वार्ता’ हात्तीको देखाउने दाँत भएको लेखीको आरोप

नेपालगन्ज- नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले २०६८ को जनगणनामा १२ थरी आदिवासी, जनजातिको पहिचान उल्लेख नगर्नाले राज्य आदिवासी, जनजातिप्रति संवेदनशील नभएको देखिएको टिप्पणी गरेका छन्। महासङ्घ बाँकेद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले जनगणनामा छुटेका आदिवासी जनजातिलाई राज्यले सम्बोधन नगरे महासङ्घ आन्दोलनमा जाने चेतावनी दिए।
अध्यक्ष लेखीले भने– राजनीतिक सहमतिका लागि दलहरूबीच भइरहेको वार्ता ‘हात्तीको देखाउने दाँत’ मात्र हो, राष्ट्रिय स्वार्थभन्दा दलीय स्वार्थ हावी भएका कारण दलहरूले मुलुकलाई अनिर्णयको बन्दी बनाउँदै लगेका छन्। रासस

Leave a Reply

Your email address will not be published.