सरकारले गर्‍यो महत्‍वपूर्ण नियुक्तिहरु

काठमाडौं- सरकारले १८ जना माओवादी नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। त्यस्तै विद्युत प्रधिकरणको अध्यक्षमा मुख्य सचिव लिलामणि पौडेललाई नियुक्त गरेको छ। बैठकले रामेश्वर यादवलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेको छ भने दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गरेको छ। त्यस्तै लुम्बिनी विकास कोषको सदस्य सचिवमा अजितकुमार तामाङलाई नियुक्त गरेको छ।

सरकारले हाल चलिरहेको रु १० र रु ५ को डिजाइन पनि परिवर्तन गर्ने निर्णय गरेको छ। कर्णाली विकास योजनाको अध्यक्षमा डा कूलबहादुर गुरुङलाई नियुक्त गरको छ भने सुदूरपश्‍चिम विकास आयोगमा जगदिश बहादुर थापालाई नियुक्त गरेको छ।

Leave a Reply

Your email address will not be published.