प्याकेजमा सहमति भए कांग्रेसको नेतृत्वमा सरकार : सापकोटा

नुवाकोट- एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्याकेजमा सहमति भएमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सकिने बताएका छन्। एकीकृत नेकपा माओवादी गणेस्थान गाउँ विकास समितिको प्रथम गाउँ अघिवेशनलाई आज यहाँ सम्बोधन गर्दै नेता सापकोटाले पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान र संविधानसभाबाटै संविधानलगायतका बुँदामा कांग्रेसले सहमति जनाए उसको नेतृत्वमा सरकार गठन हुने बताए। 
नेपाली कांग्रेस र नेकपा (एमाले)ले परिवर्तनलाई आत्मसात् गर्न नसकेकाले र विभिन्न जनजातिलाई अधिकार सम्पन्न बनाउन नखोजेकै कारण संविधानसभा विघटन भएको उनको दाबी थियो।
कार्यक्रममा पूर्वमन्त्री हितबहादुर तामाङले अन्य दलहरूको स्वार्स्थका कारण जनताको बलिदान र लामो सङ्घर्षबाट प्राप्त गणतन्त्र गुम्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरे। रासस

Leave a Reply

Your email address will not be published.