पाँच डिआइजीको बढुवा

काठमाडौं- सररकारले नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ। बढुवा हुनेमा दिनकर शमशेर जवरा, गङ्गाप्रसाद पाण्डे, रमेशविक्रम शाह, विनोद सिंह र पुष्करनाथ रेग्मी छन्। मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले बताए। 
यसैगरी सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा मदन खरेल, केन्द्रीय बालकल्याण समितिको कार्यकारी निर्देशकमा मनोजकुमार कँडेल र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा अनिल कुमार झालाई नियुक्त गरेको छ।
त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकद्वय राजेन्द्रकुमार खत्री र पुष्करप्रसाद चापागाईंलाई अनुसन्धान निर्देशकमा बढुवा गरी क्रमशः पश्चिमाञ्चल र पूर्वाञ्चल कार्यालयमा खटाइएको छ।
लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाईको नाम परिवर्तन गरी लागुऔषध नियन्त्रण ब्यूरो राख्ने, ललितपुरको एक नाच प्रदर्शन कार्यक्रमका लागि रु दुई लाख सहयोग गर्ने तथा सशस्त्र प्रहरी महानिरीक्षकको नेतृत्वमा सुरक्षासम्बन्धी विविध विषयमा वार्ता गर्न भारत पठाउने निर्णय पनि मन्त्रिपरिषद्को आजको बैठकले गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.