राष्ट्रपतिद्वारा ‘कू’ गर्ने परिस्थिति असम्भव : यादव

जनकपुरधाम- मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति तानाशाह बन्ने र कु गर्नेजस्ता परिस्थिति असम्भव भएको बताएका छन्। सञ्चारकर्मीसँगको भेटमा उनले राष्ट्रपतिले दलहरूको सहमतिमा नै निकासको बाटो पहिल्याउने धारणा राखे। अध्यादेशबाट राष्ट्र सञ्चालन गर्न खोज्नु लोकतन्त्रको घाँटी निमोठ्नुसरह हो भन्दै उनले अध्यादेशबाट राष्ट्र सञ्चालन गर्ने सोच त्याग्नु जरुरी भएकोमा जोड दिए। 
तीन दलको सत्ता केन्द्रीत द्वन्द्वलाई अन्त्य गर्न चुनावी सरकारको निर्माण गरी नयाँ जनदेशलाई सार्थकता दिनु अहिलेको आवश्यकता भएको उनले बताए। एक प्रसङ्गमा उनले पूर्ण बजेट ल्याउन राजनीतिक शक्तिबीच सहमति हुनु जरुरी भएको बताए। रासस

Leave a Reply

Your email address will not be published.