बलत्‍कार गरी हत्या गर्ने बस्नेतविरुद्ध मुद्दा दायर

विराटनगर- जिल्ला प्रहरी कार्यालय मोरङले उर्मिला राजवंशीको बलात्कारपछि हत्या गरेको आरोपमा व्यापारी किरणसिंह बस्नेतविरुद्ध मुद्दा दर्ता गराएको छ। विराटनगर–४ निवासी व्यापारी बस्नेतको घरमा गत असोज २२ गते मृत फेला परेकी राजवंशीको बलात्कारपछि हत्या भएको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ।

निस्पक्ष छानबिनमा धेरै विवाद भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीसमेत विराटनगर आएर घटनाको अनुसन्धानसमेत गरेको थियो। प्रहरीले लामो अनुसन्धानपछि मुद्दा दर्ता गराएको छ। बस्नेत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका छन्।

मृतक राजवंशी हत्याको आरोपमा पक्राउ परेका बस्नेतको घरमा विगत दुई वर्षदेखि घरेलु सहायकका रूपमा काम गर्दै आइरहेकी थिइन्। राजवंशी हत्याकाण्डको निस्पक्ष छानबिन र दोषीमाथि कारबाहीका लागि विभिन्न राजनीतिक दल र जातीय सङ्घ सङ्गठनहरूले विरोध, चक्काजामलगायतका दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। रासस

Leave a Reply

Your email address will not be published.