ट्राइबेकरमा यति हिमालयन शेर्पा विजयी

पोखरा- कास्की जिल्ला फुटलब सङ्घको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कपअन्तर्गत आज भएको खेलमा ट्राइबेकरको आधारमा यति हिमालयन शेर्पाले आरसिटीलाई ५–४ गोल अन्तरले पराजित गरेको छ। आरटिसीका नरेश खत्रीले प्रहार गरेको पेनाल्टी हिमालयन शेर्पाका गोलकिपर विनय श्रेष्ठले रोकेपछि यति हिमालयन क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।

भोलि मनाङ–मर्स्याङदी क्लब र सशस्त्र प्रहरी बलबीच पहिलो सेमिफाइनल खेल हुनेछ। रासस

Leave a Reply

Your email address will not be published.