दुई गोर्खा सैनिकको गोली हानी हत्या

काठमाडौं- अफगानिस्तानमा भएको सैनिक कारबाहीमा रोयल गोर्खा राइफल्स पहिलो बटालियनमा कार्यरत दुई सैनिकको मृत्यु भएको छ। काठमाडौँस्थित बेलायती दूतावासले जनाएअनुसार अफगानिस्तानको हेल्मन्ड प्रान्तको नाहरे सराज जिल्लामा मङ्गलबार उनीहरुको मृत्यु भएको हो।

बेलायती सैनिक प्रवक्ताका अनुसार अफगानी प्रहरीको पोसाक लगाएर एक मानिसले ताहरे सराजस्थित चेकपोस्टमा गोली प्रहार गरी उनीहरुको हत्या गरेको थियो। उनीहरुको हत्याले हेल्मन्डमा खटिएका रोयल गोर्खा राइफल्सलगायत उनीहरुको परिवार, साथी सबैलाई अपुरणीय क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ। मारिने दुई सैनिकको नाम भने विज्ञप्तिमा खुलाइएको छैन। रासस

Leave a Reply

Your email address will not be published.