कांग्रेसको चियापान भोलि, एमालेको पर्सी

काठमाडौं- विजयादशमी, दीपावली, इद, छठ तथा नेपाल संवतका अवसरमा हरेक वर्ष हुँदै आएको चियापान नेपाली कांग्रेसले भोलि र नेकपा (एमाले) ले पर्सी आ-आफ्ना पार्टी कार्यालयमा आयोजना गर्दैछन्। आपसी भेटघाट, शुभकामना आदानप्रदान गर्न चियापानको कार्यक्रम आयोजना गरिएको ती दलले जनाएका छन्।

कांग्रेसको पार्टी कार्यालय सानेपामा भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म चियापान कार्यक्रम आयोजना गर्दैछ।

एमालेले पर्सी १४ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म आफ्नो पार्टी कार्यालय, बल्खुमा चियापान कार्यक्रम आयोजन गर्दैछ।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले भारत निर्वासनबाट स्वदेश फर्किएपछि २०३३ सालदेखि कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने प्रचलन सुरु गर्नुभएको भने एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीले चियापान कार्यक्रमको थालनी गरेका थिए ।

दुवै दलले चियापान कार्यक्रम प्रमुख दलका नेता, संवैधानिक निकायका प्रमुख, कुटनीतिज्ञ, व्यापारी, नागरिक समाजका अगुवा, कलाकार, साहित्यकार, पत्रकारलगायतलाई निमन्त्रणा गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published.