महिलालाई चरमोत्कर्षमा पुर्‍याउने इन्जेक्सन

लन्डन, एजेन्सी– महिलाको चरमोत्कर्षबारे वषौंदेखि अनगिन्ति अनुमान मात्र गरिएका छैनन्, धेरै अध्ययन समेत गरिएका छन्। कोही महिलाको चरमोत्कर्षका लागि जि–स्पट महत्वपूर्ण रहेको र त्यसलाई उत्तेजित पार्नुपर्ने बताउँछन् भने कोही महिलामा जि–स्पटजस्तो कुनै स्पट नहुने धारणा राख्छन्। 
तर केही अध्ययनकर्ताले यसबारे खोजी गरेका छन् र सफलता पाएका छन्। महिलाको चरमोत्कर्षसँग सम्बन्धित चमत्कारि नयाँ खोज नेपाल भारतजस्ता दक्षिण एशियाली मुलुकमा कहिले भित्रिएला र त्यसबारे यस क्षेत्रमा कस्तो प्रतिक्रिया हुने हो त्यसैबेला थाहा पाइनेछ।
महिलाको यौन जीवन आनन्ददायी बनाउन अनुसन्धानकर्ताले एउटा इन्जेक्सनको विकास गरेका छन्। अमेरिकी सहर लस एन्जलसमा बिक्री गर्न थालिएको यो इन्जेक्सन लगाएपछि महिलाले यौन सम्पर्कबाट चरमोत्कर्षको आनन्द लिन सक्ने बताइएको छ। महिलाको जि–स्पटमा लगाइने यो इन्जेक्सन खासमा सर्जिकल प्रक्रिया हो। इन्जेक्सनले महिलाको जि–स्पटको आकार अस्थायी रुपमा वृद्धि गरिदिन्छ र महिलाले यौन सम्पर्कमा चरमोत्कर्षको आनन्द सजिलै पाउँछन्। लोकल एनेस्थेसिया दिएर सर्जिकल इन्जेक्सन लगाउन आधा घन्टा मात्र लाग्छ।
बजारमा उपलब्ध हुनासाथ लस एन्जलसमा अहिले यो इन्जेक्सन हिट भएको छ। इन्जेक्सन बजारमा आउनु अघिसम्म त्यहाँस्थित भेजाइनल रिजुवेनेसन इन्स्टिच्युट अफ अमेरिकामा चरमोत्कर्षका उपाय खोज्दै आउने महिलाको लर्को लाग्ने गरेको थियो। सहरका गाइनाकोलजिस्ट र सर्जन डक्टर डेभिड म्याटलकका अनुसार अहिले महिनैपिच्छे उनी इन्जेक्सनबाट प्रभावित भएर आउने महिलालाई चरमोत्कर्ष र इन्जेक्सन प्रक्रियाबारे जानकारी दिन कक्षा सञ्चालन गरेका छन्।
खासमा यो इन्जेक्सन बजारमा आएको पाँच वर्ष भइसकेको छ। पाँच वर्षभित्र दुई हजारभन्दा बढी महिलाले उनको क्लिनिकमा चरमोत्कर्षको इन्जेक्सन प्रक्रिया अपनाएको बताउँछन् डक्टर म्याटलक। महिलाबीच इन्जेक्सनको लोकप्रियता निरन्तर बढीरहेकाले छिट्टै लस एन्जलसबाहेक विश्वका अन्य सहरमा समेत उपलब्ध गराउने उत्पादकको योजना छ। बेलायतमा भने हालसालै यो इन्जेक्सन उपलब्ध हुन थालेको छ।

Leave a Reply

Your email address will not be published.