दसैँमा सातामा १८ घन्टामात्रै लोडसेडिङ

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले नेपालीहरुको महान चाड बडादसैँको अवधिभर विद्युत कटौतीको समय घटाउने निर्णय गरेको छ। बडादसैँलाई ध्यानमा राखेर आगामी कात्तिक ५ देखि १३ गतेसम्म लोडसेडिङको समय घटाउने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक अष्टरत्न शाक्यले जानकारी दिए।

उनका अनुसार कात्तिक ५ देखि १३ गतेसम्मको अवधिमा सातामा १८ घन्टामात्रै लोर्डसेडिङ हुनेछ। अहिले सातामा ४८ घन्टा लोडसेडिङ हुँदै आइरहेको छ। प्राधिकरणको सो निर्णयले बडादसैँभरि उपभोक्तालाई केही राहत हुने जनाएको छ।

प्राधिकरणको निर्णयअनुसार सो समयमा हप्ताको पाँच दिन दुई/दुई घन्टा र दुई दिन चार/चारघन्टाका दरले लोडसेडिङ हुनेभएको छ। रासस

Leave a Reply

Your email address will not be published.