मनाङ एनसेल कप च्याम्पियन

काठमाडौं– घरेलु फुटबलको सर्वाधिक पुरस्कार राशिको नकआउट प्रतियोगिता एनसेल कप फुटबलको उपाधि लक्ष्मी हुण्डाई मनाङ मस्याङदी क्लबले जितेको छ। शनिबार फाइनलमा मनाङले म्याक डोवयल्स रानी पोखरी कर्नर टिम (आरसीटी)लाई ६–१ ले हरायो। मनाङको जितमा कप्तान अनिल गुरुङले सर्वाधिक ४ गोलको योगदान गरे। बैकल्पिक खेलाडी सुलभ मास्के र मबिल स्टेफनले १–१ गोल गरे। आरसीटीका ओलावले १ गोल गरेका थिए। उपाधि संगै मनाङले १५ लाख र उपविजेता आरसीटीले ७ लाख प्राप्त गरेको छ।

प्रतियोगितामा आइसबर्ग मध्यपुर युथ एसोसियनका विकास कोथु उत्कृष्ट गोलरक्षक, मनाङका सविन्द्र श्रेष्ठ उत्कृष्ट रक्षक, आरसिटीका अमर डंगोल उत्कृष्ट मिडफिल्डर, मनाङका अनिल गुरुङ उत्कृष्ट स्ट्राइकरमा चुनिए। मनाङकै शिव श्रेष्ठ प्रतियोगिताकै उत्कृष्ट खेलाडीमा चुनिए।

Leave a Reply

Your email address will not be published.