एसीसी ट्रफीको च्यम्पियन नेपाल र युएई दुबै

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी ट्रफी इलिट कपमा नेपाल र युएईबीचको खेल बराबरीमा सकिएपछि दुवै टिम संयुक्त रुपमा विजयी भएका छन्। टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २४१ रन बनायो। २४२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै २४१ रनै बनाएपछि खेल बराबरीमा टुङ्गिएको हो।

एसिसीको खेल नियममा फाइनल खेल बराबरी वा ‘नो रिजल्ट’ मा टुङ्गिए ट्रफी दुवै टिमलाई बाँडिने उल्लेख छ।

Leave a Reply

Your email address will not be published.