अन्तरजातीय विवाह गर्दै धनगढीका थारु युवा

धनगढी- दलित र गैर दलितबीचको अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने सरकारले नीति बनाएपछि कैलालीमा अन्तरजातीय विवाह गर्नेहरू बढेका छन्। जिल्ला प्रशासन कार्यालयले पछिल्लो दुई वर्षयता जिल्लामा अन्तरजातीय विवाह गर्ने १८२ जोडी पुगेको जनाएको छ।

तीमध्ये ११० जोडीले रु एक लाखका दरले प्रोत्साहन भत्तासमेत पाएका छन्। थप १८ जोडीलाई प्रोत्साहनभत्ता उपलब्ध गराउन रकम निकासाको पहल भइरहेको बताइएको छ। अन्तरजातीय विवाहका लागि थप ३० जोडीले प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन्।

बढीजसो चौधरी समुदायकाले दलितका युवायुवतीसँग विवाह गर्ने गरेको जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुनीराम चौधरीले बताए। छुवाछूत एवम् विभेद हटाउन सरकारले यो नीति ल्याए पनि अन्तरजातीय विवाह गर्ने कतिपय युवायुवतीलाई विवाहपछि समाजमा सम्मानका साथ बस्न सक्ने उपयुक्त वातावरण बन्न नसकेको देखिएको छ। रासस

Leave a Reply

Your email address will not be published.