जिल्ला स्तरीय थारु नृत्य प्रतियोगिता

कपिलवस्तु, असोज २० (नागरिक)– दसैंको शुभउपलक्ष्यमा थारु समुदायको मौलिक पहिचान र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कपिलवस्तु–१, बरकुलपुरमा जिल्ला स्तरीय थारु झुमडा गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ। हरियाली समुदायिक वन उपभोक्ता समूह, चन्द्रमा युवा क्लब र बरकुलपुर युवा समूहको आयोजनामा कात्तिक ४ र ५ गते प्रतियोगिता सञ्चालन हुने संयोजक श्रीनिवास चौधरीले जानकारी दिए।

मानव विकास र आधुनिकतासँगै अहिलेका युवा पुस्ताले आफ्नो मौलिक संस्कृतिलाई बिर्सिदै गएकाले त्यसको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागेको संयोजक चौधरीले बताए। ‘जिल्लाभरिबाट करिब २० हजार सहभागी हुने लक्ष्य लिएका छौं,’ चौधरीले भने, ‘कार्यक्रममा थारु राष्ट्रिय गायक गायिकाको समेत प्रस्तुति रहनेछ।’ उनले प्रतियोगितालाई दुई रेडियोबाट प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिए।

कार्यक्रमको रेडियो बुद्ध आवाज, रेडियो समानता प्रत्यक्ष र लुम्बिनी टेलिभिजनबाट प्रसारण गरिने स्रयोजक चौधरीले बताए। उनले प्रतियोगीहरुलाई सम्मानित पनि गर्ने उनले बताए।

Leave a Reply to RichardBet Cancel reply

Your email address will not be published.