बाँकेमा बस पल्टिँदा एकको मृत्यु, नौ घाइते

नेपालगन्ज- बाँकेको सोनपुर–८ गुनानामा आज बस पल्टिँदा एकजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्। बर्दियाको गुलरियाबाट नेपालगन्जतर्फ आइरहेको भे१ख १३०८ नम्बरको बस सडकमा पल्टिँदा बाँके बनकटुवाका २५ वर्षीय धीरेन्द्र हमालको मृत्यु भएको हो।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय खजुराका प्रहरी निरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो। घाइतेहरूको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published.