अब सरकार नेतृत्‍वको पालो माओवादीको : भुसाल

भक्तपुर- नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले अबको सरकारको नेतृत्व आफ्नो पार्टीले गर्न पाउनुपर्ने बताएका छन्। रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको अन्तर्क्रियामा संविधानसभा विघटनपछि सबै दलहरूको समान हैसियत भइसकेकाले अबको नेतृत्व माओवादीले गरेको अवस्थामा मात्र अन्योलपूर्ण राजनीतिको निकास निस्कने दाबी गरे।
कार्यक्रममा प्रवक्ता भुसालले माओवादीको नेतृत्वमा सरकार निर्माण भए केही वर्षमा नै नेपालको आर्थिक र सामाजिक विकास हुने उल्लेख गरे। आफ्नो सरकार टिकाइ राख्न प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतसँग नेपाली स्वाभिमान गुम्ने गरी विभिन्न सम्झौता गरी राष्ट्रघात गर्नुभएको आरोप लगाउँदै उनले विगतका सरकारका पालामा भन्दा पनि अहिले धेरै भ्रष्टाचार भएको छ भने।

Leave a Reply

Your email address will not be published.